दमक/ आइएमई युएई शाखाले आयोजना गरेको खुल्ला भिडियो प्रतियोगितामा झापाका कमल तामाङ र सर्लाहीका इन्द्र सेन्चुरी क्रमशः प्रथम र द्वितीय भएका छन् ।


“देखाऔं प्रतिभा खुलेर ,जितौं पुरस्कार आइ एम ई सँग मिलेर“ भन्ने मुल नाराका साथमा गत अगस्ट १५ देखि सेप्टेम्बर १५ सम्म आयोजित प्रतियोगितामा दर्शकहरुको भ्युज, लाइक, कमेन्ट र सेयरको आधारमा कमलले प्रथम पुरस्कार स्वरूप ६ सय दिराम अर्थात नेपाली रुपैयाँ १८ हजार ५ सय पाएका छन् भने दोस्रो हुने इन्द्र परियारले ४ सय दिराम अर्थात १२ हजार ५ सय रुपैयाँ पाउन सफल भएका छन् ।
प्रतियोगितामा युएईका सातै इमिरेटसबाट प्राप्त सयौ भिडियो मध्ये २७ भिडियोलाई छनोट गरी प्रतियोगितामा समाबेस गराइएको थियो । प्रतियोगीहरुले सो प्रतियोगितमा आइएमईको सेवासुबिधा, जानकारी, आइएमई सम्बन्धी आफ्नो अनुभव तथा आइएमईलाई विसयबस्तु बनाएर गीत, मुक्तक, गजल, कविता, अभिनय सृजना , रचना तथा टिक टक भिडियोहरु प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बढी भन्दा बढी हेरिएको तथा रुचाइएको आधार मानेर बिजेता घोषणा गरिएको आइएमईका युएई अधिकृत ईश्वर अधिकारीले जानकारी दिएका छन् ।
आइएमईले आफ्नो मोबाइल एप्स मार्फत विदेसबाट रेमिट गरेको रकम घरघर सम्म पुराउन र घरमै बसेर पैसा प्राप्त गर्न आइएमई मोबाईल वालेट खाता डाउन्लोड गरी गर्न सकिने आइएमईका युएई प्रमुख उत्तम बस्नेतले बताएका छन् । आफ्नो मोबाइलबाट नेपालको विजुलीको बिल तिर्न सकिने, रकम आदनप्रदान गर्न सकिने लगायतका दैनिक उपभोगका धेरै काम गर्न अब आइएमई नेपाली जनजिवनको अभिन्न हिस्सा बन्न लागेको बस्नेतले जानकारी दिएका छन् ।

Facebook Comments Box