दमक/ दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले ९ औ बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । आज आफनै कार्यालयमा एक कार्यक्रम गरि आसन्न साधारणसभामा पस्तुत गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको व्यवस्थापक कुवेर प्रसाद तुम्बापोले वताए । प्रतिवेदन सहकारीका संस्थापक अध्यक्ष मेहरमान लिङदेन,सचिव दिलीप लिम्बु,कोषाध्यक्ष फूलकुमारी आङदेम्बेले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सहकारीले यसबर्ष भव्य रुपमा सम्पन्न गर्न कठिनाई भएकाले क्षेत्रगत आधारमा साधारणसभा गर्न लागिएको सचिव लिम्बुले वताए । दमकसहित विर्तामोडमा सेवा केन्द्र सञ्चालनमा रहेको छ भने झापाको शिवसताक्षी र मोरङका उर्लावारी समेत सेवा केन्द्र विस्तार गर्न प्रस्ताव अघि बढाईएको उनले जानकारी दिए ।
साधारणसभाको कार्यसूचि अनुसार माईपूर्व क्षेत्रका शेयर सदस्यहरुका लागि विर्तामोडस्थित सेवा केन्द्रमा असोज ७ गते, शिवसताक्षी क्षेत्रका लागि झिलझिलेमा असोज ८, ९ गते कमल गाँउपालिकाको मंगलवारेमा ,१० गते इलामको माङसेवुङ क्षेत्रका लागि भन्ज्याङमा प्रतिवेदन उपलव्ध गराउने कार्यक्रम रहेको छ भने दमक १,७,८,९ र १० का शेयर सदस्यका लागि असोज ११ ,दमक २,३,४,५ ,६ र ७ का शेयर सदस्यका लागि असोज १२ गते र मोरङको उर्लावारी क्षेत्रका शेयर सदस्यका लागि असोज १३ गते प्रधान कार्यालय दमकमा साधारणसभाको प्रतिवेदन उपलव्ध गराउने कार्यक्रम रहेको जनाईएको छ ।
भmापा जिल्लाभरि कार्यक्षेत्र रहेको सो सहकारीमा पुरुष ४३८ र महिला ६३७ गरि १०७९ जना शेयर सदस्य छन् ।
गएको आर्थिक बर्षसम्म संस्थाको २ करोड ७९ लाख १४ हजार ७ सय कुल शेयर पूंजी ,बचत ८ करोड १ लाख २४ हजार ७ सय १५,कर्जा लगानी १० करोड ७० लाख ९१ ह्जार ९१ रुपैया पुगेको सचिव लिम्बुले वताए । कोभिडका कारण अन्य क्षेत्रमा झै सहकारीमा समेत असर पुगेको भएपनि सन्तोषजनक रुपमा प्रगति गर्न सफल भएको उनले जनाएका छन् ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका सञ्चालक ,शेयर सदस्य,कर्मचारीहरुको उपस्थिति रहेको थियो । सहकारीले लकडाउनका समयमा कार्यालयसम्म आएर बचत तथा ऋणको सुविधा लिन समस्या आएपछि संस्थाले घरैसम्म पुगेर सेवा पुरयाएको अध्यक्ष पदम लिङ्गदेन (संकल्प ) ले जानकारी दिए ।