दमक/ नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएको छ योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।
त्यस्तै ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ११५४ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।