विर्तामोड / पुर्व पश्चिम लोकमार्ग अन्तर्गत बिर्तामोड ५ स्थित मनमोहन अस्पताल नजिकै हायस माइक्रोको ठक्करबाट गएराती सवा ९ बजे एक जना बृद्धको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेको बा ४ ख ५१०० नम्बरको हायस माइक्रोको ठक्करबाट बाटो पार गर्दै गरेका गरेका पैदलयात्री पाँचथर याङ्बरक ३ का ५० बर्षीय वृखध्वज काम्वाङ लिम्बुको मृत्यु भएको हो । उनी हाल मेचीनगर ११ धाइजन बस्दै आएका थिए ।
ठक्करबाट गम्भिर घाईते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुरयाए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । हायसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box