ताप्लेजुङ/ ताप्लेजुङ फुङलिङ ७ का २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
आज बिहान साढे १० बजे सोहि ठाउँका राजमार्गमा ना ६ त ३००० नम्बरको ट्याक्टरले पैदल हिडिरहेका लिम्बुलाई ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ । टयाक्टर चालक फरार रहेकाले भईरहेको प्रहरीले जनाएको छ ।