दमक / झापाको दमकमा अष्ट्रेलियाका लागि आयल्स कक्षासंगै भाषा कक्षा र अष्ट्रेलिया र जापान अध्ययनका लागि पठाउन विद्यार्थीहरुलाई आवश्यक परामर्श सेवा दिने उद्धेश्यले सिरस एजुकेशन सञ्चालनमा ल्याइएको छ ।
दमक ८ स्थित दमक चोकमा रहेको एक घर भाडामा लिएर दमककै स्थानीय युवा व्यवसायी राजु खड्का तथा वैदेशिक क्षेत्रका अनुभवी विवेक भट्टराई लगायतको समुहले सो सिरस एजुकेशन सञ्चालनमा ल्याएको हो । सो शैक्षिक परामर्श केन्द्रको आज दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बाणिज्य सघ दमकका बरिस्ठ उपाध्यक्ष बिमल खतिवडा ,प्रथम उपाध्यक्ष गोपाल गुरागाइ ,स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो।
सिरस एजुकेसनमा बिभिन्न देशहरुमा जान्ने बिद्यार्थीहरुलाइ उचित परामर्श दिनुका साथै न्यून शुल्कमा बिद्यार्थीहरुलाइ उच्च शिक्षा अध्ययनन गर्ने पठाइने ति विद्यार्थीहरुलाई अष्ट्रेलिया र जापानका विभिन्न कलेजहरुमा अध्ययनका लागि पठाउन सहजीकरण गर्ने शाखा म्यानेजर विवेक भट्टराईले जानकारी दिए ।
मुख्य कार्यलय अस्ट्रेलियामा रहेको सो एजुकेशनले २ बर्ष अघिदेखि काठमाडौंमा समेत कार्यालय स्थापना गरेर विद्यार्थीहरुलाई सो सेवा दिदै आएको थियो । काठमाडौं सम्म परामर्श तथा आयल्स कक्षाका लागि जानुुपर्ने बाध्यताको अन्त्य गर्दै मान्यता प्राप्त शिक्षकहरुबाट अध्ययन अध्यापनका लागि दमकमानै सिरसले बन्दोबस्ती मिलाएको सञ्चालक राजु खड्काले बताए ।