दमक/ पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ९७८ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले सम्म संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । देशभर २१ हजार ३०२ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।

Facebook Comments Box