दमक/  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र तीन जना सल्लाहकारमा पोजिटिभ देखिएको छ ।
प्रमुख स्वकीय सचिव भण्डारीले आज आफनो फेसबुक वालमा पोष्ट गर्दै आफूमा कोरोना पोजिटिभ देखिएकाले सम्पर्कमा रहेका सबैलाई विशेष साबधानी अपनाउन आग्रह गरेका छन ।

शुक्रबार गरिएको पीसीआर रिपोर्ट अनुसार प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापामा पनि कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

Facebook Comments Box