इटहरी/ सुनसरी, मोरङ र झापाका विभिन्न व्यक्तिलाई नक्कली भिसा बनाइ युरोपियन देश पठाउने भन्दै ठगी गर्ने इटहरीका सुमन कार्की क्षेत्री पक्राउ परेका छन् । 
उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र कास्की प्रहरीको टोलीले असोज १६ गते पोखराबाट पक्राउ गरेको हो । क्षेत्रीले करिब १२ जना बढी व्यक्तिलाई युरोपियन देश पठाउने भन्दै जनही ६ लाखदेखि ८ लाख नगद उठाएका थिए ।
उनले रुवान्डा, पोर्चुगल, अजरबैजान लगायतका देशमा मासिक एक लाख भन्दा बढी कमाइ हुने प्रलोभन देखाइ नगद उठाएका थिए । धरानका कुमार भुजेलसहितको ४ जनाको टोलीलाई क्षेत्रीले नक्कली भिसा बनाएर अजरबैजान पुराएका थिए । तर प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई दुबई ‘डिपोट’ गरेको थियो । क्षेत्रीले आफ्नो र श्रीमती पुनम बिष्टमार्फत ४ जनाबाट ३५ लाख रुपैयाँ बुझेका थिए ।
यता सुनसरी प्रहरीले भने क्षेत्रीलाई इटहरी इटहरी ६ का पूर्ण बहादुर राईलाई विदेश पठाउँछु भनेर दुई लाख नगद लिई फरार रहेको अवस्थामा पक्राउ गरेको हो । क्षेत्रीलाई सुनसरी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिको अन्य धेरै ठगी गरेको सम्बन्धी जाहेरी आएको बताउँदै आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।क्षेत्रीबाट ठगिएका अन्य कोही पीडित भए इलाका प्रहरी कार्यालय इटहरीमा सम्पर्क गर्न समेत डिएसपी केसीले आग्रह गरे । अपराध न्यूजबाट