दमक/ झापाको दमक नगरपालिका कार्यालय र वडा कार्यालयहरु भोली २० असोजदेखि ४ दिनका लागि बन्द गरिएका छन । नगरपालिकाका पदाधिकारीलाई समेत कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ तयार गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरु चार दिनका लागि बन्द गरिएको नगरपालिकाले आज आकस्मिक रुपमा सूचना जारी गरेर जनाएको छ । नगरपालिकाका तर्फबाट उपसचिव दिनेशकुमार न्यौपानेले आज हस्ताक्षर गरेर जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।
नगरपालिका स्रोतका अनुसार आज दमकमा एक महिलासहित कूल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज रिपोर्ट होल्ड भएका मध्ये दुई जना नगरपालिकाका पदाधिकारी हुन । नगरपालिकाका प्रमुख रोमनाथ ओली र १० नम्बर वडाध्यक्ष बोधराज न्यौपानेसहित केही अन्य नगरबासीको समेत कोरोना परिक्षण रिपोर्ट होल्डमा रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

Facebook Comments Box