दमक/कोरोना संक्रमण नेपालमा थप भयावह बन्न सक्ने संकेत देखिएको छ । पछिल्लो २४ घण्टामा बढेको संक्रमित र मृत्यु हुनेको तथ्याङक हेर्दा संक्रमणले थप भयावह रुप लिन सक्ने देखिएको हो । देशभर बुधबार कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मोरङमा ४० र ६० वर्षीय पुरुषको मृत्यु भएको छ । काठमाडौंमा ६६ र ७२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै ४५ वर्षीय पुरुष, ५३ वर्षीय पुरुष, ६४ वर्षीय पुरुष र ६९ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४६ वर्षीय, भएको मन्त्रालयले जनाएको छ । यसैगरी, चितवनमा ४६ वर्षीय, रुपन्देहीमा ५५ वर्षीय र नवलपरासीमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । सिराहामा ५० वर्षीया महिला रौतहटमा ७२ र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । आज देशभर अहिले सम्मकै सर्वाधिक थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार २ सय ९ पिसिआर परीक्षण भएकोमा १२ सय ६१ महिला र २१ सय ७८ जना पुरुषमा संक्रमण देखिएको हो ।

Facebook Comments Box