दमक/  झापाको दमकमा सोमबार तीन महिलासहित थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितहरुमा वडा नं ५ र ८ का छन । दमकमा २८ देखि ५१ बर्ष उमेर समुहका नयाँ संक्रमित आज थपिएका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दमकमा थपिएका सबै स्थानीय हुन । दमकमा संगै जिल्लाको भद्रपुरमा ४ र अर्जुनधारामा २ जना नयाँ संक्रमित थपिएका पनि कार्यालयले जनाएको छ ।

Facebook Comments Box