दमक/  झापाको शिवसताक्षी –४ का युवा रविन ताजपुरीयाले आफनो जन्मदिनको अवसरमा समुदायमा सञ्चालित एक पुस्तकालयलाई निशुल्क पुस्तक प्रदान गरेका छन ।


ताजपुरियाले आज परेको जन्मदिनको अवसरमा बोलोचोक विकास समितिद्धारा सञ्चालित बोलोचोक पब्लिक लाइब्रेरीलाई १११ थान पुस्तक प्रदान गरेका हुन । उनले ति पुस्तक संस्थाकी उपाध्यक्ष राजवती ताजपुरीयालाई हस्तान्तरण गरेका जनाइएको छ ।

Facebook Comments Box