दमक/ पछिल्लो २४ घण्टामा नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै मृतकको संख्या ७ सय नाघेको छ । आज सम्ममा मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि बिहिबार १९ जनाको मृत्यु भएको थियो । गत २४ घण्टामा ४ हजार ३ सय ९२ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । कुल संक्रमितमध्ये ३७ हजार ३ सय ८२ सक्रिय संक्रमित छन ।
कोरोनाको आशंकामा गत २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १२ लाख ५४ हजार १ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । हाल ४ हजार ८ सय ८ जना क्वारेन्टाइनमा छन् ।