दमक/ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन । यससंगै देशभर कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण भएको छ । संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ । देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७६५ पुगेको छ ।

Facebook Comments Box