दमक/ दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक १० का धिमाल समुदायका ६९ बर्षिय पुरुषको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

उनको गत असोज २८ गते नोबेल अस्पतालमा कोरोना परिक्षण गरिएको थियो । संक्रमितको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि आफन्तहरुको आग्रहमा उनलाई घर पठाइएको थियो । होम आइसोलेसनमा रहेकै बखत आज उनको मृत्यु भएको जनाइएको छ । दमकमा यो सहित कोरोना संक्रमित मृतकको संख्या ८ पुगेको छ । दुई महिला र ६ पुरुषको विभिन्न समयमा मृत्यु भएको हो । हिजो सम्म दमकमा २५० संक्रमित थिए । त्यसयता पनि उच्च संख्यामा संक्रमितहरु थपिएका भएपनि तथ्याङक अद्यावधिक गर्ने काम भइरहेको जनाइएको छ । लगभग एक सय नयाँ संक्रमित तत्कालै थप हुने सम्भावना रहेको जनाइएको छ । दमकका मृतक कोरोना संक्रमित शुरुका तीन जनाको नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । त्यसयता लगभग सबै मृतकको शव व्यवस्थापन कार्य परिवार आफैंले गर्दै आएका छन ।

Facebook Comments Box