दमक/ नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ । गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । गत २४ घण्टामा ३ हजार ६ सय ३७ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित छन् ।

Facebook Comments Box