तेह्रथुम/ तेह्रथुम आठराई ५ मा दशैं मनाउन घर आएका एक जना नेपाली सेनाको जवानको करेन्ट लागेर मृत्यु भएको छ । सिराहा शेर गणमा कार्यरत २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको हो ।
हिजो अपरान्ह सवा ५ बजे आफ्नै घर अगाडी रहेको बिजुलीको ट्रान्समिटरबाट आफुखुसी कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनी वेहोस भएका थिए ।
वेहोस भएका बराईलीलाई उपचारार्थ लाने क्रममा उनको बाटोमै साँझ पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।