दमक/झापामा आज एकैदिन कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । विर्तामोडका २ जना र गौरीगञ्जका १ जना संक्रमितको मृत्यु भएको हो । विर्तामोड ५ र ७ का एक/एक जना पुरुष र गौरीगञ्ज ६ का पुरुष कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाइले जनाएका छन ।
त्यसैगरी जिल्लामा आज ३१ जना नया बिरामी थपिएका छन । जिल्लाका विभिन्न पालिकाहरुमा १४ महिलासहित ३१ जना नया संक्रमित थपिएका हुन । आज थपिएकामा दमकका २ महिला र २ पुरुष छन । त्यसैगरी शिवसताक्षीमा एक, विर्तामोडमा ६, कन्काईमा ८ , भद्रपुरमा ३ मेचीनगरमा ४, बुद्धशान्तिमा २ र हल्दीबारीमा एक जना नया संक्रमित थपिएका छन ।