दमक/झापाको दमक ५ भृकुटी चोकमा युवाहरुको सक्रियतामा सञ्चालित न्यू अन्नपुर्ण कृषि सहकारी, संस्थाले तेस्रो बार्षिक साधारण सभा आज बुधबारदेखि शुरु गरेको छ ।


संस्थाको कार्यलयमा अध्यक्ष सरोज बास्कोटा , उपाध्यक्ष भरतराज दाहाल , सञ्चालक सदस्यहरु रबिन खरेल ,ब्यबस्थापक सुबोध सुबेदी ,संस्थाका कर्माचारीहरु लगायतले संयुक्त रुपमा संस्थाको बार्षिक प्रतिवेदन सार्वजनिक गरे ।
संस्थाका व्यवस्थापक सुबेदीले कोरोना महामारीका कारण यसबर्षको बार्षिक साधारण सभामा सदस्यहरुलाई कार्यलय बाट प्रतिवेदन उपलब्ध गराउँदै सुझाव संकलन गरेर साधारण सभाको प्रकृया पुरा गरिने बताए ।
साधारण सभाको उदघाटन कार्यक्रममा वितरित संस्थाको बार्षिक प्रतिवेदनमा आर्थिक बर्ष २०७६÷०७७ मा कुल कारोबारमा बृद्धि भएको उल्लेख छ । सो अवधिमा ५५ लाख भन्दा बढी बचत संकलन, २० लाख भन्दा बढी शेयर संकलन र ४४ लाख भन्दा बढी कर्जा लगानी प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थामा हाल पाच सय भन्दा बढी शेयर सदस्य हरु रहेका छ्न ।  संस्थाले आगामी दिनहरु व्यवसायक कृषि फार्म सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु ल्याइने प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comments Box