दमक/दमक उद्योग वाणिज्य संघका कानुनी सल्लाहकार संयोजक तथा दमकका स्थापित व्यवसायी नारायण केसीलाई पितृशोक परेको छ ।
दमक ६ स्थित अंकित स्टोरका प्रोप्राइटर समेत रहेका केसीका बुबा बीर बहादुर केसीको ८७ बर्षको उमेरमा आज बिहान करिब ५ बजे घरमै निधन भएको हो । मृतक केसीमा केही समय अघि कोरोना संक्रमण समेत देखिएको थियो ।

उनको होम आइसोलेसनमै उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय केसीका दुई छोरा हरी र नारायण केसी हुन । उनको शव आज ११ बजे कन्काई नदीमा दाहसंस्कारका लागि लगिने जनाइएको छ । यस अघि दमक उद्योग वाणिज्य संघकै कानुनी सल्लाहकार सदस्य मोहन अधिकारीकी पत्नी गीता कार्की अधिकारीको कोरोना संक्रमणकै कारण हिजो साँझ विराटनगरमा निधन भएको थियो ।

दमकमा यससंगै कोरोना संक्रमित मृतकको संख्या २५ पुगेको छ ।