दमक/प्रदेश एकमा कोरोनाका कारण उपचार गराइरहेका थप तीन जनाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका थप तीन महिलाको मृत्यु भएको छ । मोरङ मिक्लाजुङकी ७५ वर्षे महिलाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक ८ गतेदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनको गएराती मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । त्यसैगरी गएराति नै सुनसरीको बराहक्षेत्र नगरपालिका–८ कि ३८ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । उनमा हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी, तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ । रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments Box