दमक/झापाको दमकमा हाल सम्म २८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना महिला छन । बुधबार सम्ममा कोरोना संक्रमित कूल ८४२ जना मध्ये ४८२ जना संक्रमणमुक्त भएका छन ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हिजो साझ दमक २ का ८६ बर्षिय एक पुरुषको मृत्यु भएसंगै नगरमा संक्रमित मृतकको संख्या २८ पुगेको हो । संक्रमण भएका मध्ये ३३२ जना हाल उपचारका क्रममा रहेका छन ।  यसैबीच दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा बुधबार ( आज) पाच जना बिरामी उपचाररत रहेका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

Facebook Comments Box