दमक/ झापाको दमकमा थप २० जनासहित झापामा आज ७५ जना कोरोनाका नया बिरामी थपिएका छन । दमकमा थपिएका नया संक्रमित झापाका सबै स्थानीय तहमा थपिएका सबैभन्दा धेरै हुन ।  जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका १० महिला र १० पुरुषमा संक्रमण पुष्टी भएको हो । दमकसंगै गौरादहमा ४ जना, विर्तामोडमा ११, भद्रपुरमा ७, कमलमा ४, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १, कन्काईमा ४, बुद्धशान्तिमा १, मेचीनगरमा ७ र हल्दीबारीमा ३ जना कोरोनाका नया संक्रमित थपिएका हुन ।
आज दमक र झापा गाउपािलकामा एक /एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । बिहान २ बजे दमक ९ का एक जना संक्रमितको मृत्यु समेत भएको छ । विएण्डसी अस्पतालमा उपचाररत दमक ९ का संक्रमित बल बहादुर धिमालको मृत्यु भएको हो ।

Facebook Comments Box