दमक/झापाको दमकमा आज एकैदिन थप ४९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । धरानमा गरिएको पीसिआर परिक्षणमा आज सो संख्यामा दमकमा कोरोनाका बिरामी थप भएको देखिएको हो ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार केही दिन अघि दमकबाट २३७ जनाको स्वाव संकलन गरेर पीसिआर परिक्षणका लागि पठाइएको थियो । सो मध्ये आशिंक रिपोर्ट प्राप्त भएको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले आज सार्वजनिक गरेको विवरण अनुसार दमकमा ४९ सहित आज जिल्लाभर ९० जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । यससंगै झापामा कूल संक्रमतिको संख्या ३ हजार ३ सय ६१ पुगेको छ भने २ हजार २ सय ७३ जना उपचारपछि निको भएका छन । मेची नगर र भद्रपुरमा एक /एक जनाको मृत्यु भएको छ । मेचीनगरमा ८२ बर्षिया महिला र भद्रपुरमा ७२ बर्षका पुरुषको मृत्यु भएको हो । यससंगै जिल्लामा मृतकको संख्या ९६ पुगेको छ ।

Facebook Comments Box