दमक/  मोरङको मिक्लाजुङबाट एक थान हतियारसहित सो ठाउका अरुण भनिने अमृत बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो गाउपालिका वडा नं १ सिलिलिङ का ५८ बर्षीय श्रेष्ठ हतियार सहित पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई घरबाटै पक्राउ गरेको हो । श्रेष्ठले आफनै घरमा हतियार लुकाएर राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारेको हो । श्रेष्ठमाथि हातहतियार खरखजना मुद्दामा कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box