दमक/देशभर पछिल्लो २४ घण्टामा थप थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो । त्यसैगरी एकै दिन १ हजार २ सय ५५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । नेपालमा हाल सम्म १७ लाख २७ हजार ८ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ । हाल ६ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।