दमक/ कोरोना भाइरसको संक्रमणका कारण देशभर पछिल्लो २४ घण्टामा थप २९ जनाको मृत्यु भएको छ । झापाको भद्रपुरमा एक सहित देशभर थप २९ जनाको मृत्यु भएको हो । आज भद्रपुर ९ का ७६ बर्षिय पुरुषको मृत्यु भएको हो । यो संगै झापामा संक्रमित मृतकको संख्या ११० पुगेको छ भने देशभर मृतकको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
थप १,४७४ जनामा संक्रमण
पछिल्लो २४ घन्टामा देशभर १४ सय ७४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।
थप १,९३१ कोरोनामुक्त
पछिल्लो २४ घन्टामा देशभरबाट १९ सय ३१ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख १४ हजार ५२१ पुगेको छ ।
हाल देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । दमकमा तीन जनासहित झापामा आज ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।