दमक/ दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ३ की ८२ बर्षिया एक महिलाको उपचारका क्रममा आज बिहान ७ बजे वीपी कोभिड उपचार केन्द्र धरानमा मृत्यु भएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार उनलाई केही दिन अघि उपचारका लागि त्यस तर्फ पठाइएको थियो । उनमा संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल धरानमा उपचार गराइरहेकोमा आज बिहान मृत्यु भएको जानकारी आएको उनले बताए । उनको अन्त्येष्टीका लागि अहिले शव ल्याउने काम भइरहेको बताइएको छ । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या ३१ पुगेको छ ।