दमक/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले झण्डै ९ महिनापछि सवारी चालक अनुमतिपत्र ( लाइसेन्स)को अनलाइन आवेदन खुलाएको छ । कोरोना संक्रमण फैलिने त्राससंगै गत बर्षको चैत्रदेखि बन्द रहेको लाइसेन्स वितरण प्रकृया आजदेखि सुचारु गरिएको हो ।
विभागले सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुला गरेको हो । विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ । यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ ।
त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ । उक्त सम्पर्क नम्बर तल उपलब्ध रहेको छ ।

Facebook Comments Box