दमक/झापाको दमकमा सञ्चालन गर्ने गरी मंगलबार ( एकैदिन ) दुई अनलाइन मिडिया हाउसले सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएका छन । दमक ५ मा सञ्चालित मूलपानी मिडिया प्रालिद्धारा सञ्चालित बैकल्पिक खबर डटकम र दमक १ मा सञ्चालित माङगेना पब्लिकेन एण्ड मिडिया प्रालिद्धारा सञ्चालित लिम्बुवानखबर डटकम आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएका हुन ।
केही बर्ष अघि साझा लिम्बुवान साप्ताहिक सञ्चालन गर्दै पहिचानवादी आन्दोलनमा समेत सक्रिय रहेका दिलकुमार लावतीले सञ्चालनमा ल्याएको लिम्बुवान खबरडटकमको सम्पादकमा विष्णुकुमार चोङवाङ रहेका छन भने तीन बर्ष अघि बैकल्पिक मासिक पत्रिका सञ्चालन गर्दै पहिचान तथा विद्यार्थी आन्दोलनमा सक्रिय गौरादह १ का दिनेश दंगालले बैकल्पिक खबर डटकम सञ्चालनमा ल्याएका हुन । ति दुवै मिडिया हाउस सूचना तथा प्रशारण विभाग र प्रेस काउन्सिलमा आज नै दर्ता गरिएका हुन । सञ्चार क्षेत्रमा बढदो प्रविधिको उच्चतम सदुपयोग गर्दै यस क्षेत्रको विकासमा योगदान दिन समयको माग अनुसार अनलाइन मिडिया सञ्चालन गर्नुपरेको सञ्चालकद्धय लावती र दंगालको प्रतिक्रिया छ ।

Facebook Comments Box