दमक/झापाको कमल ६ लखनपुर स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाको भवन निर्माण शुरु भएको छ ।
भवनको शनिबार ( आज ) राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा शिलान्यास गरिएको हो । महिलाहरुको नेतृत्वमा सञ्चालित सो संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नै भवन निर्माण शुरु गरेको हो ।
कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, वडाअध्यक्ष नरेन्द्र भट्टराई, नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मीना ढकाल लगायतको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष अध्यक्ष तिलरुपा बास्तोलाको अध्यक्षतामा कार्यक्रम भएको संस्थाका प्रवन्धक कुमार पराजुलीले बताए । कार्यक्रममा वक्ताहरुले महिलाहरुको नेतृत्वमा सञ्चालित संस्थाले स्थानीयको आय आर्जन वृद्धीमा समेत महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरेका थिए ।

Facebook Comments Box