दमक/ झापाको दमकमा आज एकैदिन थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  त्यसैगरी दमकसंगै जोडिएको कमल गाउँपालिकामा २ र गौरादह नगरपालिकामा समेत २ जनामा आज ( बिहिबार) नै कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यलय झापाले जनाएको छ ।
दमकमा गत मंगलबार बेलडाँगीमा स्वाव संकलन गरि धरान पठाइएका ५७ जना मध्ये ९ र अन्य ल्याब मार्फत मार्फत स्वाव परिक्षण गरिएका ४ जनामा गरी दमकका थप १३ जनामा संक्रमण देखिएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

Facebook Comments Box