गौरादह/ झापाको गौरादह ३ स्थित धिमधिमे यूवा क्लबका खेलाडीहरुलाई हालै बेलायतबाट फर्किएका अन्तराष्ट्रिय खेलाडी झापा दमकका रोहित राईले फुटबल र टिसर्ट प्रदान गरेका छन ।

गौरादहका युवा व्यवसायी तथा राजनीतिक व्यक्तित्व जीवन राईको संयोजनमा आज (आईतबार) खेल सामग्री प्रदान गरिएको हो ।
क्लबका खेलाडीहरुका लागि फुटबल र जर्सी प्रदान गरिएको बताइएको छ ।  ति सामग्री गौरादह २ का वडाध्यक्ष हेमन्त कार्की, नेपाली कांग्रेसका महाविधेशन प्रतिनिधि एवं तरुण दल झापा ५ का सहसंयोजक समेत रहेका गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीवन राई, रोहित राई , जीवन पोखरेल लगायतले क्लबका अध्यक्ष प्रविन बस्नेतसहित खेलाडीहरुलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा स्थानीयहरुले त्यस किसिमको सहयोगबाट  खेल क्षेत्रको विकासमा प्रोत्साहन मिलेको बताए । सो अवसरमा स्थानीय खेलाडीहरुबीच मैत्रीपूर्ण फूटबल समेत खेलाइएको थियो । खेलका विजेत र उपविजेतालाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

Facebook Comments Box