इलाम/इलामको सुर्योदय नगरपालिका–६ तारागाँउ बाट हर्कटेको थापागाउ जाने भित्रि बाटो खन्ने क्रममा रुख ढलेर सोही ठाउँका १२ बर्षीय विद्यार्थी भेषराज गजमेरको मृत्यु भएको छ ।

शुक्रबार बिहान सँवा ९ बजे को १ ख २४२७ नम्बरको जे सि बि ले बाटो खन्ने क्रममा रुख ढाल्दा स्कुल पढ्न गएका सोही स्थान बस्ने १४ बर्षीय कृतिका रसाईलि र भेषराज गजमेर रुखले लागेर घाइते भएका थिए ।

घाइते दुबैजनालाई उपचारका लागि सुर्योदय पोलिक्ल्निक फिक्कल पठाईएकोमा भेषराजको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरी चौकी हर्कटे र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले जेसिवी र र चालक बिराटनगरका २९ बर्षिय राजेन्द्र तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box