शिबसताक्षी / झापाको झिलझिलेस्थित किसान कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ ।
कोभिड १९ कोरोना भाइरस संक्रमणको जाखिमलाई ध्यानमा राख्दै यस वर्ष स्वास्थ्य सुरक्षा पालना गरेर साधारण सभा कार्यालयमै गरिएको संस्थाका उपाध्यक्ष हरिशंकर सिलवालले बताए ।


सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिवसताक्षी नगरपालिकाका सहकारी प्रमुख बद्रिप्रसाद दाहालले नेपाल कृषिमा आत्म निर्भर बन्न प्रचुल सम्भावना भएकोले विषयगत सहकारी संस्थाले कृषिमा लगानी गर्नुपर्ने बताए ।
उनले नगरपालिकाले सहकारी शिर्षकमा रकम विनियोजन गरेकोले सहकारीले शेयर सदस्यमुखी भएर काम गरे सहयोग गर्ने बताए । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का अध्यक्ष केयरसिंह बस्नेतले सम्बोधन गर्दै कुशल युवा नेतृत्वहरुले कृषि सहकारी संस्था सञ्चालन गरिरहेको भन्दै निकट भविष्यमा संस्था कृषिमैन्त्रि हुने बताएका छन् । कार्यक्रममा हाम्रो हातेमालो कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद गौतम, मैनाचुली कृषक समुहका अध्यक्ष सागर राई लगायतले मनतव्य राखेका थिए ।
कार्यक्रममा यस वर्ष उत्कृष्ठ काम गरेको भन्दै उत्कृष्ठ कृषक मनबहादुर बेघा, असल बतचकर्ता पे्रमराज लावती, असल ऋणी हर्कबहादुर राई, असल खुत्रुके बचतकर्ताहरु नुमा गुरुङ, अर्पना राई, लक्की डोल्मा गुरुङ र असल कर्मचारीमा निशा भण्डारीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ । उनीहरुलाई नगद, पाठ्य सामाग्री, कृषि सामग्री सहित सम्मान पत्रले सम्मानित गरिएको छ । संस्थाले चालु आर्थिक वर्षमा १ करोड ९८ लाख ९६ हजार ३ सय ८४ रुपियाँ लगानी गरेको आर्थिक प्रतिवेदन लेखा समितिका संयोजक दिपक कडरियाले सार्वजनिक गरेका थिए । संस्थाका अध्यक्ष सनमकुमार इजमको सभापतित्वमा सम्पन्न साधारण सभामा स्वागत उपाध्यक्ष हरिशंकर सिलवालले गरेका थिए भने सञ्चालन कोषाध्यक्ष दिपेस रिजालले गरेका थिए ।

Facebook Comments Box