दमक/झापाको शिवसताक्षी नगरपालिका स्थित दुधेमा डिपीएल युथ टिम गठन भएको छ । १९ सदस्यीय डि पी एल युथ टिमको मंगलबा शाखा विस्तार गरिएको हो ।
जनम दर्नालको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्दिप खनाल, उपध्यक्षद्धयमा रोइक्षा श्रेष्ठ र स्मृति कडरिया, महासचिवमा लोकनाथ खतिवडा, सहसचिवमा निर्जला सेन्चुरी, कानुनी सल्लाहकारमा रक्षा माझी, कोषाध्यक्षमा सौरव पौडेल, सहकोषाध्यक्षमा अस्मिता मगर, तथा सदस्यहरुमा रमेश अधिकारी, आकृति धिताल, रोजी बस्नेत, नादिम योंग्या, क्रिशला भट्टराइ, सुहान संबा, रमेश अधिकारी, र क्रिसम पोख्रेल सर्वसम्मत चयन भएका छन । सो शाखा विस्तार गर्न आयोजित भेलामा डि पी एलका भावी कार्ययोजना, सामजिक क्षेत्रमा युवाको भूमिका लगायतका बिषयमा प्रष्ट पारिएको थियो ।
संस्थाका अध्यक्ष विनोद उप्रेती, उपाध्यक्ष दिनेश जंग खडका, देवेन्द्र प्रसाई लगायतले युवा नेतृत्व विकास, साहित्यिक रचनाका उचित स्थान, वक्ताको कुनो लगायतका विभिन्न कार्यक्रमहरुका बारेमा समेत चर्चा गरेका थिए ।