दमक/ तीन दिन यता पूर्व क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ । दिनभर कुहिरो र हुस्सुका कारण मौसम नखुल्दा पूर्व पश्चिम लोकमार्ग र भित्रि सडक खण्डहरुमा समेत सवारी दुर्घटनाको जोखिम बढेको हो ।
सवारी चालकहरुका अनुसार हुस्सुका नजिकैको दृश्य समेत देख्न नसकिने भएकाले एक्कासी दुर्घटनामा पर्ने खतरा बढेको हो । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्व क्षेत्रमा दैनिक दुर्घटना बढेको छ । प्रतिकुल मौसममा सवारी साधनको गति सिमित हुनुपर्ने र चालकहरु बढीनै सतर्क हुनुपर्ने ट्राफिक प्रहरीको सुझाव छ । जाडो मौसम ( यतिबेला) वनभोज, भ्रमण जस्ता क्रियाकलापले पनि सवारी दुर्घटनाको जोखिम बढाइरहेको ट्राफिक प्रहरीको भनाई छ ।
मंगलबार मात्रै प्रदेश एक अन्तर्गतका विभिन्न १२ ठाउमा सवारी दुर्घटना भएका छन ।

झापा, मोरङ, सुनसरी, भोजपुर , उदयपुर र धनकुटा जिल्लाका विभिन्न ठाउहरुमा दुर्घटना भएका हुन । ति मध्ये मोरङमा भएका दुर्घटनामा दुई जनाको ज्यानै गएको छ । त्यस्तै अन्य दुर्घटनाहरुमा कम्तिमा १५÷१६ जना घाईते छन ।  प्रहरीका अनुसार कानेपोखरी रंगेली सडक अन्तर्गत कानेपोखरी ७ जहदामोडमा मंगलबार भएको दुर्घटनामा ३३ बर्षिय एक युवकको मृत्यु भएको छ । कानेपोखरीबाट रगेली तर्फ जादै गरेको को १ त ६९९७ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट आउदै गरेको को १७ प ४८४५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल चालक कानेपोखरी ४ का ३३ बर्षिय रोशन गुरुङको मृत्यु भएको हो । माटरसाइकलमा पछाडी सवार ३७ बर्षिय राजकुमार तामाङ घाईते भएका छन ।
त्यसैगरी उर्लाबारी ४ आईतबारे स्थित पश्चिमबाट पुर्व तर्फ आउदै गरेको वा १७ च ९६२९ नम्बरको कारले साईकल यात्री उर्लाबारी ७ का ४४ बर्षिय सुरचन राजवंशी लाई ठक्कर दिदा घाईते भएका हुन । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यस अघि मंगलबार दिउसो बिराटनगर ६ स्थित रामपुर तर्फ जाने पक्की सडकमा सिटी सफारी चालक दुर्घटना हुदा एक बृद्धाको ज्यान गएको छ । को १ ह ६८९१ नम्बरको सफारी दुर्घटना हुदा त्यसमा सवार बिराटनगर १५ बस्ने बर्ष ६८ कि प्रभा पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा घाईते पोखरेलको न्युरो अस्पताल बिराटनगरमा उपचारका क्रममा दिउसो करिब १ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । सफारी चालकको लापरवाहीका कारण सो दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box