दमक/ पूर्वदेखि पश्चिम तराईका धेरै ठाउमा तीन दिनदेखि लागेको बाक्लो हुस्सु शुक्रबार सम्म रहने मौसमविदहरुले औंल्याएक छन । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने र बेलुकीपख हटेर जाने क्रम आउदो शुक्रबारसम्म कायम रहने मौसमविद वरुण पौडेलले जानकारी दिए ।
उहाका अनुसार हिजो र अस्ति तराईका विभिन्न ठाउमा यस वर्षकै बाक्लो हुस्सु लागेको हो । आज पनि धेरै ठाउमा बिहानैदेखि हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन । चिसो अझै बढ्ने भन्दै सके सम्म घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान चिकित्सकहरुले सुझाव दिएका छन । मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाका अनुसार आज र भोलि प्रदेश १ का विभिन्न ठाउमा हल्का वर्षाको सम्भावना समेत छ ।