उर्लाबारी/ मोरङको उर्लाबारी १ टपुखोलामा आज गिटी लोड गर्ने क्रममा ट्रयाक्टरको ट्रलीले लागेर एक जनाको मृत्यु भएको छ ।
मोरङ रतुवामाई घर भएका ५१ बर्षीय गौरीमान खड्काको ट्याक्टरको ट्रलीले किचेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज दिउँसो साढे १ बजे प्रदेश १–०४–०१त१२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरीमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।