कमल/ कमल गाउँपालिका वडा न. ५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाले शुक्रवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा आखाँ,कान तथा दन्त परिक्षण गरिएको थियो । शिविरमा ३६५ जनाले लाभ लिएका छन ।


सहकारीको आफनै कार्यालय भवनमा सम्पन्न भएको आखाँतर्फ २०० जना ,कानतर्फ ६० र दन्ततर्फ ७५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
आखाँ तथा कानतर्फ विर्तामोडस्थित मेची नेत्रालय र दन्ततर्फ दमकको आमा डेन्टलले प्राविधिक सहयोग पुरयाँएका थिए ।
सहकारीका सदस्य परिवारलाई लक्षित गरी सहकारीको स्वास्थ्य तथा शिक्षा उपसमितिले आखाँ ,कान र दन्त सम्बन्धी एक दिने निशुल्क शिविर सञ्चालन गरिएको संस्थाका सचिव भिष्म सिटौलाले वताए ।
स्वास्थ्य तथा शिक्षा उपसमितिकी संयोजक शोभा गजुरेलको अध्यक्षतामा शिविर उद्घाटनमा संस्थाका अध्यक्ष लालबहादुर विष्ट, कमल ५ सहकारी समन्वय समितिका अध्यक्ष बालकृष्ण गौतम, संस्थाका सल्लाहकार संयोजक भोजकुमार घिमिरे ,सञ्चालक तथा शेयर सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
संस्थाका ज्येष्ठ शेयर सदस्य ८० बर्षिय दलबहादुर भण्डारीको स्वास्थ्य परीक्षण गरि शिविर उद्घाटन गरिएको थियो ।

 

Facebook Comments Box