दमक/ शिवसताक्षी अनलाइन गायन प्रतियोगिताको उपाधी झापाकी सबिना लकान्द्रीले हात पारेकी छन ।

अनलाइन माध्यमबाट सहभागी ३४७ जना प्रतिस्पर्धीहरुलाइ पछि पार्दे सविनाले चाँदीको मेडल, म्युजिक भिडियोमा गाउने अबसर र ३ महिना सम्म संगित सिक्ने अबसर प्राप्त गरेकी छन । बोलोचोक बिकास समिति झापाले आयोजना गरेको सो गायन प्रतियोगितामा किरण उप्रेतीले दोश्रो स्थान हात पारेका छन ।
प्रतियोगिताको तेश्रो र चौथौ पुरस्कार लिला कार्की र तुलाराम सिटौलाले हात पारेको गायन प्रतियोगिताका अध्यक्ष डा. धर्मेन्द्र कुमार साहले जानकारी दिए ।
प्रतियोगिताको ब्अतष्खभ अयmउभतष्तष्खभ या तजभ थभबच द्दण्ठठ को उपाधी सन्तोष कुमारले हात पारेका छन । समितिले गत असार ११ गते बाट स्थानिय प्रतिभाहरुलाइ प्रोत्साहन गर्ने उदेश्यले अनलाइन गायन प्रतियोगिता शुरु गरेको थियो ।

 

Facebook Comments Box