पाँचथर/ पाँचथरको फिदिम नगरपालिका-२ जमुने खोल्सी भन्ने स्थानमा गएराती आगलागी हुँदा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको छ । राती पौने १ बजे फिदिम नगरपालिका-४ बस्ने दिपेन श्रेष्ठको गाडी ग्यारेजमा बिद्युत सर्ट भई वेल्डिङ गर्ने सिलिण्डर पड्किएर आगलागी भएको थियो ।
आगलागीबाट ग्यारेजको टहरा, मर्मतका पार्टपुर्जा, वेल्डिङ सिलिण्डर थान-१, मर्मतको लागि राखिएको ट्याक्सी थान-१ र सोही ग्यारेजको पुरानो मारुती भ्यान थान-१ पूर्ण रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । वेल्डिङको सिलिण्डर पड्किएर तेह्रथुमको आठराई गाउँपालिका-४ वस्ने वर्ष १७ को सुनिल गहतराज घाइते भई उपचारको लागि पाँचथर जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागी दमकल प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको कार्यालयलले जनाएको छ ।