दमक/ पूर्व पश्चिम राजमार्गबाट ५० मिटर नजिकै झापाको दमक ९ स्थित चियाबगान छेउमाआज बिहान देखिएको शंकास्पद बस्तुका कारण जनजिवन त्रसित भएको छ । तार जोडेर बमको स्वरुपमा कालोपत्रे सडकमा राखिएको सो वस्तु के हो भन्ने यकिन हुन सकेको छैन । शंकास्पद देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन । अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।