दमक/ झापामा आज ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । १४ महिला र २४ पुरुष संक्रमित भएका हुन । जिल्लामा सो संख्यामा संक्रमित थपिँदा दमकका मात्रै २५ जना छन । यो झापा जिल्लाका अन्य सबैपालिकामा भन्दा धेरै हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ६ महिलासहित कूल २५ जना संक्रमित थपिएका हुन । आज थपिनेमा वडा नं ६ र ९ बाहेक नगरका अन्य ८ वडाका स्थानीय रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कोरोनाको दोश्रो लहर शुरु भएयता दमकमा चैत्रको अन्तिम सातादेखि अहिले सम्ममा एकै दिन धेरै संक्रमित थपिएका हुन । दमकसंगै जोडिएको कमलमा पनि आज ७ जना संक्रमित थपिएका छन । ४ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो । हल्दिबारीमा ३ र मेचीनगरमा पनि एक जना संक्रमित थपिएका छन ।

 

Facebook Comments Box