दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ ।
नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र भित्र सार्वजनिक विदा दिएका हुन् । नगरपालिकाले गतवर्षदेखि जात्री पर्वका दिन सार्वजनिक विदाँ दिदैआएको छ ।
दमक नगरको पहिलो जातिका रुपमा घोषित धिमाल जातिको भोलि जात्री पर्वमा विभिन्न कार्यक्रमहरु गरि मनाउदै छन् ।