दमक/ बिहिबार (गएराती) गौरादह ४ को आदिवासी समुदायकी एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यकिन उमेर थाहा हुन नसकेकी ति महिलामा केही दिन अघिदेखिनै संक्रमण देखिएको थियो ।
गौरादहको मुख्य चोकबाट भित्री बस्तीमा बसोबास गर्ने ति महिलाको उपचारका लागि दमकस्थित एडभान्स अस्पतालमा ल्याउनासाथ मृत्यु भएको हो । उनलाई राती १० बजेपछि अस्पताल ल्याउने वित्तिकै एक्सरेको माध्यमबाट छातीको अवस्था जाँच गरिएको थियो । एक्सरेमा विरामीको अवस्था अन्तिम हुँदै गएको प्रष्ट हुने किसिमको थियो , विरामी बेडमा पुरयाउनासाथ उनको मृत्यु भयो – अस्पातल स्रोतले भन्यो ।

Facebook Comments Box