दमक/ झापाको दमकमा आज थपिएका सहित कोरोनाका संक्रमितको संख्या ३ सय नाघेको छ ।
आज आइतबार सम्ममा कूल ३१५ जना संक्रमित भएका छन । उनीहरु मध्ये १८६ पुरुष र १२९ महिला छन । ति मध्ये ३७ जना उपचारपछि निको भएका छन भने ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुरुष ४ जना र महिला ३ जना छन । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार अनुसार कोरोनाको दोश्रो लहरमा संक्रमित भएकाहरु मध्ये अहिले दमकमा २७१ जना सक्रिय संक्रमित छन ।