दमक/ झापाको गौरीगञ्ज ६ का एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अन्य स्वास्थ्य समस्या समेत भएका ६० बर्षिय ति पुरुषको उपचारका सिलसिलामा केही समय अघि कोरोना परिक्षण गरिएको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले निष्कर्ष न्यूजसंग भने – उहाँको अन्य स्वास्थ्य समस्या पनि थियो । उपचारकै क्रममा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उहाँलाई कोशी कोभिड अस्पतालमा राखिएको थियो, आज मात्रै उहाँको निधन भएको पारिवारले पुष्टि गर्नुभएको छ । यस अघिको पहिलो चरणको संक्रमणमा समेत सोही वडामा एक जनाको मृत्यु भएको थियो ।