दमक/ प्रदेश एकमा आज ( शनिबार ) एकैदिन करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सुनसरी र पाँचथरमा दुई जनाको मृत्यु भएको हो ।

आज बिहान ९ बजे सुनसरी गढि गाउँपालिका २ औराबनीका ३५ बर्षीय अरुण चौधरीको ईनरुवा ७ बलाहा छेउमा रहेको ओम शक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बिहान साढे ९ बजे मृत्यु भएको जनाइएको छ ।

त्यस्तै आज दिउँसो साढे ११ बजे पाँचथर याङबरक ५ का २२ बर्षीय रोमी लिम्बुको घर बनाउने क्रममा करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा दिउसो सवा १२ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box